गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

ताप्लेजुङ तापेथोकका पहिरो प्रभावित परिवारको विजोग

pahiroताप्लेजुङ, ११ साउन । निरन्तरको वर्षाका कारण ताप्लेजुङको तापेथोक गाविसका पहिरो प्रभावित बाह्र घरपरिवारको पालमुनिको बसाई ज्यादै कष्टकर भएको छ । गत साउन एक गते विहान सो गाविसको सोत्लिमा बस्तिमा माथीबाट झरेको पहिरोका कारण वस्तिनै जोखिममा परे पछि विस्थापित भई अस्थाई आवासमा पाल टाँगेर वसेका उनिहरुलाई निरन्तरको झरीले थप कष्टकर बनाएको हो ।

लेकाली क्षेत्र भएकाले वर्खाको समयमा समेत त्यस क्षेत्रमा निकै कठ्याङ्ग्रीदो जाडो हुने भएकाले पानी परेको वेलामा झनै समस्या हुने गरेको छ । यसरी पालमुनि बसेका बाह्र घरपरिवारका स–साना बालबच्चालाई र बृद्ध अवस्थाकालाई निकै समस्या देखियो, निरन्तर झरी पर्छ घरमा फर्किएर वस्ने अवस्था पनि छैन रहेछ केही दिन अघि राहत स्वरुप नगद एक लाख दुई हजार बोकेर अस्थाई आवासमै पुगेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बु लिम्वुले आईतबार सदरमुकाम फर्किएर बताए ।
पहिरोकै कारण श्रीमति समेत गुमाएर घरगाँउबाटै विस्थापित हुनुको पिडा त एकातिर छँदै थियो अर्कातिर निरन्तर परेको झरीले हामी बाँचेकालाई ज्यादै कष्ट भयो – पाल ओढाएर बनाएको अस्थाई आवासमा बसेका देउकुमार राईले भने । स–साना बालबच्चा सहित बसेका ति परिवार वर्षा नभएको समयमा दिनभर बालबच्चालाई अस्थाई आवासमा छाडी पहिरोग्रस्त गाँउमा गएर जीउज्यान माया मारेर गाईबस्तु चराउँछन्, पहिरोबाट बचेको बारीमा काम गर्छन् । अनि बेलुका अस्थाई आवासमा फर्कन्छन् । दिनभरको कामले भुतुक्कै गलेका ति परिवारलाई रातको झरीले ओछ्याननै भिजाँउदा न निन्द्रा लाग्छ, न ढुक्कले बस्नननै पाउँछन् । सो क्षेत्रमा जुका समेत लाग्ने भएकाले ओछ्यानमै जुका आएर रत्ताम्य बनाएको हुन्छ विहान उठ्दा ।
पहिरोबाट विस्थापित भए सँगै त्यहाँका बालबच्च स्कुल जानबाट समेत बन्चित भएको जनाईएको छ । उनिहरुलाई तत्काल खाद्यान्नको समस्या नदेखिए पनि झरीकै कारण बास वस्न निकै समस्या रहेको लिम्बुले बताए । मोवाईल, टेलिफोन समेत नचल्ने त्यस क्षेत्रमा निरन्तर झरी परे पछि एक अर्का गाँउमा वारपार गर्न निकै समस्या भएकाले खाद्यान्न सकियो या अरु कुनै विपत्ति आईपरेको खण्डमा थप समस्या हुने देखिएको छ । पछिल्लो समय निरन्तर झरी परेकाले लेलेप र तापेथोकका विभिन्न क्षेत्रमा जताततै पहिरो झरेका छन् भने खोलाखोल्सा बढे पछि वारीपारी गर्न पनि समस्या भएको छ ।
पहिरो गएको दुई दिन पछि मात्रै त्यस क्षेत्रमा प्रहरी र आसपासका स्थानियको संयुक्त टोलीले उनिहरुको उद्धार गरि सोत्लिमाकै माथिल्लो ताल भन्ने टारमा लगेर राखेको थियो भने त्यस पछि गएको मंगलबार जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद संग समन्वय गरि अस्थाई आवास निर्माण गरि व्यवस्थापन गरेको थियो । तत्कालका लागि यसरी पालमुनी उनिहरुलाई राखिए पनि उनिहरु निकै कष्ट व्यहोर्न बाध्य छन् । तापेथोक प्रहरी चौकीबाट असई प्रदिप राईको नेतृत्वमा रहेको टोली पुगेर उनिहरुको उद्धार गरेको थियो भने अस्थाई आवास पनि प्रहरीकै सहयोगमा निर्माण गरिएको थियो । आवास निर्माणका लागि कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले पाल उपलव्ध गराएको थियो ।
यता जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले समेत उनिहरुको बास बसाई कष्टकर भए पनि तत्काललाई खाद्यान्नका लागि समस्या नदेखिएको र थप कठिनाई आएको खण्डमा समितिले सहयोग गर्ने बताउनुभयो । यस्तै पहिरोकै कारण बेपत्ता भएकी देउकुमार राईकी श्रीमति २८ वर्षिय मनिता राईको परिवारलाई मृत्यु भएको पुष्टि भए पछि र प्रकृया पुरा भए सँगै राज्यका तर्फबाट उपलव्ध हुने सहायता प्रदान गर्ने समेत पाण्डेले
बताउनुभयो । राई पहिरो झरे पछि बच्नका लागि भाग्ने क्रममानै बेपत्ता भएको स्थानियले बताएका छन् भने उनको अवस्था अझै अज्ञात रहेको छ । विस्थापित ति बाह्र परिवार मध्य देउकुमार राईले श्रीमति गुमाएका छन् भने अर्को एक परिवारले एक हल गोरु गुमाएको छ । यस्तै ति दुई परिवार सहित अन्य परिवारको खेतीयोग्य जमिन समेत बगाएको छ । घर छेउछाउमा पहिरो खसेर बस्न अयोग्य भएको छ । विस्थापित देउकुमार राई सहितको दुईवटा घरहरु उच्च जोखिममा परेको र अन्य घर छेउछाउमा पहिरो झरेकाले वर्षाको समयमा बस्न समस्या बनाएको हो ।
यता कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद ताप्लेजुङले शुक्रवार दिउँसो राहत स्वरुप ति परिवारालाई नगद एक लाख दुई हजार रुपैँया प्रदान गरेको छ । परिषदका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बुले उनिहरु बसेकै ठाँउमा पुगेर मानविय क्षेति भएका देउकुमार राईको परिवारलाई नगद ४५ हजार प्रदान गरका छन् भने अर्को एक परिवारलाई ७ हजार र बाँकी रहेका १० परिवारालाई ५÷५ हजारका दरले नगद हस्तान्तरण गरिएको बताईएको छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT