गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

भारतले दशगजा क्षेत्रमा बाँध नबनाउने


राजविराज: सप्तरीको तिलाठी र भारतको कुनौलीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयमा भइरहेको विवाद द्विपक्षीय छलफलपछि निर्माण कार्य तत्काल रोक्ने सहमति भएको छ ।
भारतको कुनौलीमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच शुक्रबार तीन बुँदे सहमतिपछि मौखिम सहमतिमा विवाद टुङिएको हो । खाँडो नदी र जीता नदीको पानीलाई च्यानल बनाई प्राकृतिक रुपमा पुरानै मूल धारमा बगाउने दुवै पक्षको धारणा मिलेपछि सहमति भएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।
दशगजामा हराएको सिमा स्तम्भ खोजीका लागि दुवै देशको केन्द्रीय स्तरमा पहल गर्ने र तत्कालका लागि नेपालको जल उत्पन्न प्रकोपका प्रमुख तथा भारतीय पक्षको जल संशाधनका प्रमुखको संयुक्त टोलीले सर्भे अध्ययन गरी दिएको प्रतिवेदनको आधारमा निर्माण कार्य अगाडि बढाउने सहमति भएको छ ।
प्रतिवेदन नआउञ्जेल बाँध निर्माण कार्य रोक्ने सहमति भएको प्रजिअ गौतमले जानकारी दिए ।नेपालका तर्फबाट प्रजिअ गौतमको नेतृत्वमा प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी नायव निरीक्षक निरकृष्ण अधिकारीलगायतका सुरक्षा अधिकारी सहभागी थिए ।
भारतीय पक्षबाट सुपौलका डिस्ट्रिक्ट मजिस्ट्रेट वैद्यनाथ यादव, सशस्त्र प्रहरी सिमा सुरक्षा बलका ४५ औं बटालियनका प्रमुख रामअवतार भथोलियालगायतका सुरक्षा अधिकारीको सहभागिता थियो ।
दुवै पक्षका सुरक्षा अधिकारीको संयुक्त टोलीले दशगजा क्षेत्रको स्थलगत अवलोकन गरी बाढीको प्रभावबारे जानकारी लिएपछि कुनौलीमा द्विपक्षीय छलफल भएको थियो ।
दशगजा निरीक्षण पश्चात सुपौलका डिस्ट्रिक्ट मजिस्टङेट यादवले बिहीबार दशगजामा भएको घटना दुःखद् भएको भन्दै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली जनतालाई दुःख दिने नियत आफूहरूको नरहेको भन्दै उनले भने, ‘नेपाल र भारतबीचको सदियौंदेखिको सम्बन्ध कायम रहन्छ, हामी दशगजा समस्याको ठोस समाधानका लागि गम्भीर छौं ।'
भारतीय पक्षबाट दशगजामा भइरहेको बाँध निर्माण कार्य रोक्ने क्रममा बिहीबार भारतीय पक्षबाट गरिएको आक्रमणमा परी जिल्ला विकास समिति सप्तरीका पूर्वसदस्य तिलाठी–४ का देवनारायण यादवसहित ६ जना घाइते भएका थिए । बिहीबारको झडपपछि शुक्रबार नेपाल–भारत सीमामा आवतजावत बन्द थियो ।
दैनिक उपभोग्य सामग्रीका लागि कुनौली जाने नेपालीलाई दुव्र्यवहार गरेर भारतीयले फर्काएपछि आवतजावत बन्द भएको हो । सहमति पश्चात दशगजा क्षेत्रको स्थिति सहज बन्दै गएको छ ।
दशगजा क्षेत्रमा भारतले बाँध निर्माण गर्न थालेपछि सिमावर्ती क्षेत्रको तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनिया, विषहरियालगायतका आधा दर्जन बढी गाविस डुबानमा पर्ने भएपछि बाँध निर्माण कार्य तत्काल रोक्नुपर्ने भन्दै नेपाली पक्षले प्रदर्शन गरेको थियो ।
गत शनिबार खाँडो नदीमा आएको बाढीमा तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनियालगायतका गाविस डुबानका परेको थियो । पानी थुनिएर जलमग्न भएपछि भारतले सात वर्षअघि एकपक्षीय रुपमा बनाएको बाँध भत्किएको थियो ।
बिहीबार बिहानदेखि नेपाल र भारत पक्षका बासिन्दाबीच उत्पन्न तनावपछि अपराह्न झडप भएको थियो । दोहोरो झडपले उग्र रुप लिएपछि दुबैतर्फ व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरी नियन्त्रणमा लिएका थिए ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT