गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

सुनसरी जिल्लाका सयौँ घर डुबानमा

इटहरी, १० साउन । केही दिनअघिदेखि अविरल परेको वर्षाका कारण सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाका एक हजार सात सय घर डुबानमा परेका छन् ।  अधिकांश डुबानमा परेका घरका मानिस विस्थापन भएर छिमेकी, आफन्त र उच्च भागमा शरणार्थी भएर बसिरहेको सुनसरीका प्रजिअ मोहनबहादुर चापागाईँले जानकारी दिनुभयो । अहिलेसम्म कुनै मानवीय नोक्सानी नभएको र केही स्थानमा चौपाया मरेको बाहेक जिल्लाको दुहवीभलुवामा १५ घर तथा आज मात्र सेउतीखोलाले बकलौरी–३ मा सेउतीखोलाको कटानमा परेर तीन घर बगाएको छ ।

यसैगरी सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा अपराह्न ४ बजे दुई लाख २७ हजार क्युसेक बाढीको बहाव रहेको र ब्यारेजका २९ ढोका खुला गरिएको बताउनुभयो । सम्भावित खतरालाई दृष्टिगत गरेर ब्यारेज क्षेत्रमा माछा मार्न र कोसीमा बगेर आएको दाउरा निकाल्न प्रतिबन्ध लगाइएको छ ।
स्थानीयवासी पुष्प प्याकुरेलका अनुसार सेउतीमा आएको बाढीले अर्जुन श्रेष्ठ, श्रवण खवास र भोलाकाजी राईका घर बगाएर लैजाँदा कम्तीमा रु १२ लाखको नोक्सानी भएको छ । सो क्षेत्रमा नेपाली सेना र प्रहरीले उद्धार गरिरहेका छन् । आजै जिल्ला दैवीप्रकोप उद्धार समितिले अवस्थाको विश्लेषण गरेर आपत्कालीन राहत उपलब्ध गराउने सम्बन्धमा सबै सरोकार भएका निकायसँग छलफल गरेको छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT