गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

छोरी हुनुको सजाय: झाडीमा फ्याकिएकी नवजातलाई कुकुरले खायो


नयाँदिल्ली, १५ साउन । लिङ्ग पहिचान गराएर छोरी भएकैमा भ्रुण हत्या गर्ने मामिलामा विश्वमै अगाडि रहेको भारतमा एउटा रुवाउने घटना भएको छ ।
मध्य प्रदेशको खरगौन जिल्लास्थित इन्दौर-इच्छापुर राजमार्गमा स्तब्ध बनाउने घटना बाहिर आएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार जन्मिएको केही घन्टापछि आफन्तले एक नवजात बालिका शिशुलाई फोहोरले भरिएको झाडीमा फ्याकिदिएका थिए ।
फोहोरसहितको झाडीमा फ्याकिएकी ती नवजात शिशुलाई कुकुरले लुछीलुछी खाएर मारिदिए । कुकुरले खाएर बाँकी भएको शिशुको शवलाई ओन्कारेश्वर नगर परिषदले पोस्ट्मार्टम गरेर अन्तिम स‍ंस्कार गरिदियो । त्यसअघि शिशुको बाँकी शव लिन फोहोर बोक्ने गाडी पठाइएको थियो ।
पुलिसले यो मामिलाको जाँच थालेको छ । पुलिसका अनुसार यी शिशुको जन्म अस्पतालमा भएको थियो ।
समाचार अनुसार नवजातको नालमा एक प्लास्टिकको क्लिप लागेको थियो । त्यसैका आधारमा यी शिशुको जन्म कुनै निजी या सरकारी अस्पतालमा भएको अनुमान गरिएको छ ।
Girl Child Murder India१प्रत्यक्षदर्शीहरुले पुलिसलाई बताएअनुसार शुक्रबार दिउँसो डेढ बजेको समयमा केही मानिसहरु कारमा आएर राजमार्गको किनारस्थित गुर्दिपसिंह बग्घाको खेत नजिकै नवजात शिशुलाई फ्याकेर गएका थिए ।
त्यसपछि उनीहरु कारमै चढेर वेपत्ता भए । केही बेरपछि शिशुलाई कुकुर र कागले लुछीलुछी खान थाले । यसले शिशुको दुबै आँखा फुट्यो भने टाउको र अनुहारको बाहिरी भाग सबै उप्कियो ।
प्रत्यक्षदर्शीका अनुसार शिशुको शवलाई कुकुरले लुछ्दै राजमार्गको करिब १० फिट परसम्म लगेका थिए। त्यसपछि त्यहाँ पुगेका गाउँलेले कुकुरलाई लखेटेका थिए ।
कुकुरले टोकेर ज्यान गएपछि शिशुको शवलाई स्थानीय एक गाउँलेले रुँघेका थिए । राजमार्गबाट गुज्रिने केही ड्राइभरले शिशु रोएको आवाज पनि सुनेको बताएका छन् ।
यो घटना मध्येप्रदेशको इन्दौर-इच्छापुर राजमार्गस्थित राधास्वामी सत्संग परिसरको ठीक अगाडि शुक्रबार दिउँसो भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT