गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

नाकाबन्दीका कारण मातृभूमी नेपालले तीन महिनादेखि भोग्नुपरेको संकटबाट बिदेशमा बस्ने लाखौं गैरआवासीय नेपालीहरु मर्माहत भएका छन् ।


नाकाबन्दीका कारण मातृभूमी नेपालले तीन महिनादेखि भोग्नुपरेको संकटबाट बिदेशमा बस्ने लाखौं गैरआवासीय नेपालीहरु मर्माहत भएका छन् ।

नेपालीका लागि नेपाली भन्ने हाम्रो मूल मर्मलाई आत्मसात गर्दै मातृभूमीलाई आइपरेको यो गम्भीर संकटमा सक्दो सहयोग गर्न यतिबेला गैरआवासीय नेपालीहरु संसारभरी नै क्रियाशिल छन् ।

नाकाबन्दीका कारण औषधीको अभाव भई अस्पतालमा बिरामीको उपचार र सल्यक्रिया नै रोकिनुपर्ने स्थीति आएपछि गैरआवासीय नेपाली संघले नेपाल सरकारसँग छलफल गरी औषधी लगायत अत्याबश्यक वस्तु सहयोग गर्ने घोषणा गरेको थियो ।

सोही अनुरुप आज हामीले माननीय स्वास्थ्यमन्त्री श्री रामजनम चौधरीको समुपस्थीतिमा नेपाल सरकारलाई पहिलो चरणमा करिव ३८ लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गर्दै छौं ।
पहिलो चरणमा एक महिनाका लागि पुग्ने गरी करिव तीन करोड रुपैयाँको औषधी सहयोग गर्ने हाम्रो तयारी थियो । करिव दुई सातादेखि हामी काठमाण्डौमा रहेर औषधी आपूर्तिका लागि निरन्तर कोसिस गर्‍यौं ।
सरकारको नीति नियम, इन्धन अभावका कारण बिमान कम्पनीहरुले कार्गो लिन अस्वीकार गर्नु जस्ता कारणले हामीले सोचेजति सहज ढंगले औषधी ब्यबस्था गर्न सकेनौं । हामीले बंगलादेश र भारतबाट खरिद गरेको औषधी आउने प्रकृयामै रहेको छ । त्यसैले पहिलो चरणमा हामीले अहिलेसम्म जेजति ब्यबस्था गर्न सक्यौं त्यति नै हस्तारन्तरण गर्न लागेका हौं ।
देशलाई परेको यो बिपत्तिमा हामीले उदारमनका साथ सहयोग गर्न खोजिरहेका छौं । तर बिविध परिस्थीतिले गर्दा औषधी नेपाल ल्याइपुर्‍याउन त्यति सहज बनिरहेको छैन् । त्यसैले हामी यो संकट समाधान नहुँदासम्म जेजति औषधी आइपुग्छ त्यो नेपाल सरकारलाई हस्तान्तरण गर्दै जाने छौं ।
शेष घले
अध्यक्ष
गैरआवासीय नेपाली संघ
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT