गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

विश्वको रहस्यमय देश उत्तर कोरिया यस्तो रहेछ (फोटोफिचर)

प्योङयाङ– विश्वको सबैभन्दा रहस्यमय देश मानिएको उत्तर कोरियामा पछिल्लो समय पर्यटकको संख्यामा बृद्धि भएको छ। पर्यटक उत्तर कोरियाको चर्चित गन्तव्य र त्यहाँको रहनसहनलाई आफ्नो क्यामरामा कैद गरिरहेका छन्।

विगतमा यस्तो चलन थिएन किनभने उत्तर कोरियाको सरकारले आफ्नो मुलुकसँग सम्बन्धित कुनै पनि जानकारी बाहिर पठाउन चाँहदैन थियो। त्यही कारण उत्तर कोरियामा फोटो खिच्न प्रतिवन्ध थियो। तर अहिले केही इलाकालाई छोड्ने हो भने उत्तर कोरियामा फोटो खिच्न पाइन्छ। केही दिन पहिला एक फोटोग्राफरले उत्तर कोरियाको मानिसको दैनिकी क्यामरामा कैद गर्न सफल भए। उनले हेलिकप्टरबाट खिचेका केही तस्बिर सार्वजनिक भएका छन्।

उत्तर कोरियाको राजधानी प्योङयाङमा एक होलिडे मेकरले ४० मिनेटसम्म हेलिकप्टरमा घुम्ने अनुमति पाएका थिए। सोको फाइदा उठाउँदै केही पर्यटकले उत्तर कोरियको चर्चित गन्तव्यको फोटो खिचे। तर केही संवेदनशील क्षेत्रमा भने फोटो खिच्न प्रतिवन्ध लगाइएको थियो। लण्डनका बासिन्दा कानुन व्यावसायी टम हिंगलीका अनुसार प्योङयाङलाई आकाशबाट हेर्नु निकै रोमांचकारी थियो।

'हामीले रसियन मिल एमआइ–१७ हेलिकप्टरबाट होटल अफ डूम, पिरामिड जस्तै आकृति भएको होटल र्यूग्योंग, मे–डे स्टेडियमसहित अन्य चर्चित गन्तव्य हेर्न पाइयो,' उनले भने। तर विमानस्थलसहित केही संवेदनशील क्षेत्रमा जाने अनुमति भने नदिएको उनले बताए। नागरिक न्यूजमा खबर छ |

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT