गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

इराकी सरकारी फौज रमादीतिर

इराकी सरकारी फौजले इश्लामिक स्टेट लडाकुहरुलाई भगाउँदै रमादी शहरको केन्द्रतर्फ लागिरहेको अधिकारीहरुले बताएका छ्न।
सुरक्षा फौजले बीबीसीलाई बताए अनुसार अमेरिकी नेतृत्वको हवाई कारवाहीको समर्थन र आदिवासीहरुसँगको सहकार्यमा दुइ शहरहरु नियन्त्रणमा लिइसकेका छन् र अरु दुई शहरमा प्रवेश गरेका छन्।
इश्लामिक स्टेटले इराकी सेनालाई हराउँदै गत मे महिनामा रमादी नियन्त्रणमा लिएका थिए।
इराकी सरकारी टेलिभिजनले रमादीमाथिको कारवाहीलाई बहादुरहरु गौरव र सम्मानका लागि वीरतापूर्ण लडाई लडिरहेको भन्दै प्रशंशा गरिरहेको बताइएको छ।
सीमित
राजधानी बगदाददेखि ९० किलोमिटर पश्चिममा रहेको सुन्नी बहुल शहर रमादीलाई सरकारी फौजले घेरा हालेर लडाकुहरुलाई उनीहरुको पकड रहेको अनवर प्रान्त या छिमेकी सिरिया जान नसक्ने गरी केन्द्रमा सीमित पारिदिएका छन्।
Image copyrightAP
Image caption
इराकी आतंकवादी विरुद्ध लड्ने निकायका एकजना प्रवक्ताले भने- 'सिपाही, प्रहरी र सुन्नी आदिवासीको सहयोग र समर्थनमा रमादीको केन्द्रमा कारवाही शुरु भएको छ। बाटोमा हामीले कडा विरोध सामना गरेनौं, केहि बन्दुकधारी र आत्मघाती बमधारीमात्र भेट्यौं।'
सुरक्षा फौजले रमादी शहर पुन: नियन्त्रणमा लिए भने टिक्रिट शहर फिर्ता लिएपछिको आइएस विरुद्धको यो ठूलो जित हुनेछ।
त्यो इराकी सुरक्षा फौज र इराकमा आइएसको विरोध गरिरहेका सुन्निहरुका लागि मनोबल बढाउन ठूलो कारक बन्नेछ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT