गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

राजेन्द्र महतोले चोरेर नागरिकता लिएको खुलासा


काठमाडौं, ९ मंसिर । मधेस आन्दोलनका प्रमुख नेतृत्वकर्ता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा भएको छ ।
संसद अन्तर्गतको राज्य व्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा एमालेकी सांसद गौरी ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको बताउनुभएको हो ।
सत्तारुढ दल एमालेकी सांसद ओलीले महतोले नेपाली नागरिकता चोरेर बनाएको दाबी गर्दै राज्यविरुद्धको मुद्दा लगाइ कारवाही गर्न गृहमन्त्री शक्ति बस्नेतसँग माग गर्नुभएको छ ।
बैठकमा गृहमन्त्री बस्नेतको पनि सहभागिता थियो । मधेसी नेता महतो बेलाबेला नागरिकताका कारण विवादमा आउने गर्नुहुन्छ ।
उहाँमाथि यसअघि पनि कीर्तेगरी नागरिकता बनाएको आरोप लाग्दै आएको छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT