गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

राष्ट्रिय बाणिन्ज्य बैंकमा १९५ जानाको जागिर खुल्यो !

राष्ट्रिय बाणिज्य बैंकले एक सय ९५ जना कर्मचारी माग गरेको छ । तह तीनदेखि आठसम्मका लागि बैंकले कर्मचारी माग गरेको हो । 
बैंकले प्रशासनतर्फको सुचना प्रविधि समूहका लागि आठ तहको एक जना प्रबन्धक माग गरेको छ । यसैगरी तह सातका लागि प्रशासनतर्फ लेखा समूहका लागि पाँच जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । 
बैंकले प्रशासनतर्फ ६ तहमा ७५ जना कर्मचारी माग गरेको छ । विराटनगर तथा भद्रपुरमा १२ जना, वीरगञ्जमा आठ जना, काठमाडौंमा ३५ जना, पोखरामा १० र नेपालगञ्जमा १० जना कर्मचारी माग गरिएको हो । यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण भएको हुनु पर्छ । 

बैंकले प्रशासन सेवातर्फ पाँच तहका लागि ३१ जना कर्मचारी माग गरेको छ । स्नातक उत्तिर्णले आवेदन दिन सक्ने छन् । विराटनगर तथा भद्रपुरका लागि आठ जना, वीरगञ्जमा सात जना, पोखरामा आठ जना र नेपालगञ्जमा आठ जना कर्मचारी माग गरिएको छ । 
बैंकले सुचना प्रविधितर्फ तह पाँचका लागि १० जना कर्मचारी माग गरेको छ । तह तीनका लागि प्रशासनतर्फ ७३ जना कर्मचारी माग गरिएको छ । यसका लागि प्रमाणपत्र तह उत्तिर्ण हुनु पर्ने छ । 
सम्बन्धित पदका लागि जुन ठाउँका लागि कर्मचारी माग गरिएको हो त्यहीँ आवेदन दिनु पर्ने हुन्छ । उमेद्वारको छनौट लिखीत परीक्षा र अन्तर्वार्ताबाट गरिने छ । 

archived: rbb.com, bizmandu.com

Sylabus and Forms are available at: http://rbb.com.np/vacancynotice.php
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT