गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

'युरोप पुग्ने आप्रवासीहरु दश लाख'

सन् २०१५ मा युरोप पुगेका शरणार्थी र आप्रवासीहरुको संख्या १० लाख नाघेको छ।
दक्षिणी युरोप पुगेका मानिसहरुको अनुगमन गरिरहेको संस्था आइओएमका अनुसार ८० प्रतिशत मानिसहरु समुद्री मार्गबाट ग्रीस पुगेका थिए।
ति मध्ये करीब आधा सिरियाबाट र २० प्रतिशत अफगानिस्तानबाट गएका थिए।
भूमध्यसागर तर्ने क्रममा करीब ३ हजार ७ सय जनाको मृत्यु भएको अनुमान छ।
दोश्रो विश्वयुद्धयता आप्रवासीहरुको सबैभन्दा बाक्लो आगमनले युरोपका सरकारहरुलाई त्यसप्रति साझा समाधान खोज्न बाध्य गराएको छ।
चार गुणा
यस वर्ष युरोप पुग्ने आप्रवासीहरुको संख्या गत वर्षको भन्दा चार गुणा बढी छ।
ति मध्ये अधिकांशले समुद्री मार्ग प्रयोग गरेका थिए र ८० हजारजना टर्कीबाट ग्रीस आएका थिए।
आप्रवासीमध्ये धेरैजसो सिरिया, ईराक र अफगानिस्तानबाट गएका शरणार्थी थिए।
Image copyrightAP
आइओएमले ३ हजार ६९५ आप्रवासीहरु समुद्रमा डुबेको वा हराईरहेको बताएको छ।
ती मध्ये २ हजार ८८९ ले उत्तरी अफ्रिकाबाट इटली जाने क्रममा भूमध्यसागरमा ज्यान गुमाएका थिए।
टर्कीबाट ग्रीस जाने क्रममा एजियन सागरमा ७०० भन्दा बढीको मृत्यु भएको थियो।
कानूनी र सुरक्षित
आइओएमका निर्देशक विलियम लेसी स्वीङले आप्रवासीको गणना मात्रै गर्नु पर्याप्त नभएको बताएका छन्।
“आप्रवासीहरु र उनीहरु जान लागेका देश लगायत सबैका लागि स्थानान्तरण कानुनसम्मत र सुरक्षित हुनु पर्दछ,” उनले भने।

ठुलो संख्यामा आप्रवासीहरुको आगमनले युरोपेली संघभित्र गहिरो राजनीतिक विभाजन ल्याएको छ।
आइओएम र संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले एउटा संयुक्त वक्तव्य जारी गर्दै युरोपमा शरणार्थीहरुको प्रबन्धका विषयमा पहिलेभन्दा राम्रो समन्वय गर्ने तयारी भईरहेको बताएका छन्।
साथै सो वक्तव्यले शरणार्थीहरुलाई दर्ता गर्ने, आवासको व्यवस्था गर्ने र शरणार्थीलाई दिईने सुरक्षाका लागि अयोग्य व्यक्तिहरुको पहिचान गर्ने प्रक्रियामा सुधार हुनु पर्ने पनि भनेको छ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT