गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

काे हुन् ति व्यक्ती, जसले उपेन्द्र यादवलाई लखेटे।

मधेस आन्दोलन १०० दिन पुगेको भन्दै आज काठमाण्डौमा आयोजित कार्यक्रममा संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लखेटेको भन्दै एक यूवकको खुबै चर्चित छन् । मधेसी मोर्चाले आयोजना गरेको मौन धारण तथा श्रद्धाञ्जली सभामा पुगेका यादवलाई एक युवकले लखेटेको भन्दै मिडियामा ती यूवक छाइरहेका छन् ।

तर, ती यूवकको बारेमा विभिन्न खालको कुरा भैरहदा उनी चलचित्र क्षेत्रसँग आवद्ध भएको वुझिएको छ । उनी सहायक छायांकार भएर थुप्रै चलचित्रमा काम गरिसकेका छन् । उनको नाम राजेन्द्र सापकोटा हो । सापकोटा अहिले ओस्कार कलेजमा छायांकन सम्बन्धी बिषयमा अध्ययन गरिरहेका छन् । उनले अन्तराल, नेपथ्य, पुन्टे परेड लगायतका चलचित्रमा सहायक छायांकारको रुपमा काम गरेका थिए । उनले हालै मात्र जंगे नामक चलचित्र पनि छायांकन गरेका छन् ।
उनले यादवसँग मधेस आन्दोलनका कारण आफू जस्ता जनताले दुख पाएको भन्दै प्रश्न गरेका थिए । उनी यादवको नजिक पुगेर उनीमाथि जाइलाग्न खोजेको र प्रहरीले समातेको खबर सार्वजनिक भएको छ ।
चलचित्रकर्मीले यतिबेला राष्ट्रिय जागरण अभियान सुरु गरेका छन् । भोली काठमाण्डौको रत्नपार्कमा उनीहरुले कार्यक्रम गर्ने तयारी पनि गरेका छन् । यही समयमा छायांकारको रुपमा अगाडि बढ्दै गरेका राजेन्द्र अहिले सामाजिक संजालमा पनि चर्चामा आएका छन् ।
अनलाइन खबर बाट ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT